लक्ष्मी महिला साकोसको २६ औं सभा, अध्यक्षमा हिमाली

चौकोट/लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साधारण सभा नेफ्स्कुनका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

साधारण सभाबाट हिमाली श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । उपाध्यक्षमा कविता काकीर्, सचिब सकुन्तला श्रेष्ठ, सह सचिव शर्मिला अधिकारी, कोषाध्यक्ष कल्याणी चन्द ठकुरी सदस्यहरुमा प्रिंयका श्रेष्ठ, रिता नराल, सुजना योगल श्रेष्ठ, ममिता श्रेष्ठ, सुर्य कमल श्रेष्ठ, ज्योती हुमागाई र अनिता सापकोटा रहेका छन् । त्यसैगरी सहकारीको लेखा सुपरिबेक्षण समितिको संयोजकमा सोविता थापा मगर सदस्य प्रतिज्ञा भण्डारी र मिना श्रेष्ठ रहेका छन् । संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिबेदन सकुन्तला श्रेष्ठले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सर्मिला अधिकारीले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सोविता थापा मगरले सभामा प्रस्तुत गरेका थिए ।

संस्थाको शेयर पुँजी २ करोड ९४ लाख७० हजार, बचत निक्षेप २२ करोड ३१ लाख ६४ हजार, ऋणलगानी १९ करोड १५ लाख ९० हजार, नाफा ४६ लाख७२ हजार रहेको छ । महिलाद्धारा सञ्चालीत नमुनाका रुपमा रहेको उक्त सहकारीले महिला दिदिबहिनिहरुलाई आत्मर्निभर बनाउनका लागी विभिन्न सिपमुलक तालिम, सामुहिक लगानी, नवदुलही भेटघाट, प्रसुती राहत सेवा, मृत्यु राहत सेवा, विरामी राहत लगाएतका थुप्रै सेवाहरु प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले वताए ।

संस्थाले उत्कृष्ट एसईई सम्मान, बाल नृत्य प्रतियोगिता, स्वास्थ्य शिबिर, बृक्षारोपण कार्यक्रम, ज्येष्ठ नागरीक जस्ता कार्यहरु गर्दै आएको रामयमाझीले बताए । कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति मैया महतले आर्थिक मन्दिका बाबजुद पनि संस्थाले राम्रो प्रतिफल प्राप्त गर्न सकेको बताईन् । सबै सदस्य, कार्यसमिति, कर्मचारीको अथक मेहनतले सस्था नमुना बन्न सकेको महतले बताईन् । सहकारी तथा नेपाल सरकारबाट जारी गरिएको मार्गदर्शनलाई अबलम्बन गर्दै अगाडी बढ्नु नै संस्थाको प्रमुख सफलता रहेको महतको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथी चन्द्र प्रसाद ढकालले लक्ष्मी महिला सहकारी नेपालकै उत्कृष्ट रहेको बताए । महिलाद्धारा सञ्चालन भएको सहकारीमा कुनै आर्थिक अपचलन नहुने सबै सदस्यले ढुक्क सँग विश्वास रहेको र सहकारीको ऐन निति र परिधिभित्र रहि सञ्चालन भएकोमा आज उक्त सहकारी यो स्थानमा आउन सफलभएको ढकालले बताए । सहकारीका बारेमा आफुले धेरै बताउन नपर्ने भन्दै उनले कुन सहकारी कसरी सञ्चालन भएका छन् सम्पुर्णलाई थाहा भएको ढकालले बताए ।

कार्यक्रममा जिल्ला बचत सघंका उपाध्यक्ष सागर कपाली, जिल्ला सहकारी सघंका उपाध्यक्ष मिरा सत्याल, वागमती प्रदेश सहकारी संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, सहकारीका प्रमुख सल्लाहकार तिर्थमाया प्रधान लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष हिमाली श्रेष्ठले राखेकी थिईन् ।