ओपीमा गंगादेवी तथा गणेशको मुर्ति स्थापना

बनेपा/गंगादेवी सामुदायिक विकास संरक्षण समितिले बनेपा नगरपालिका वडा नम्बर ५ स्थित ओपीमा घटस्थापनाको अबसर पारी गंगादेवी माई तथा गणेशको मुर्ति स्थापना गरेको छ ।  मुर्ति स्थापना गर्दे नगर प्रमुख शान्तिरत्न शाक्यले हाम्रो धर्म र संस्कृतिको संरक्षणगर्नु पर्ने बताए ।

वडा अध्यक्ष बलराम अधिकारीले मुर्ति स्थापना गरिएको डाँडामा वडा कार्यलय, नगरपालिका र स्थानीयको सहयोगमा उक्त ठाँउलाई संरक्षण गर्न सकेमा आन्तरीक पर्यटक बढ्ने बताए । चण्डेश्वरी बाट शुरु भएको १६ सय सिँढी हुदै आन्तरीक पर्यटक पुग्ने भएकाले उक्त स्थानमा केहि भौतिक निमार्ण गर्नु पर्ने अधिकारीले बताए ।

समितिका अध्यक्ष मिलन थापाले परापुर्व कालदेखी गंगादेवीको मन्दिर भएको र उक्त स्थानमा वडा र स्थानीयको सहयोगमा पुननिमार्ण गरिएको बताए । धेरै काम गर्न बाँकी रहेको तर पुर्नर्निमार्ण शुरु गरिएको थापाले बताए । मुर्ति स्थापनाअघि चण्डेश्वरी मन्दीर बाट परिक्रमा गरी कलश यात्र गरिएको थियो ।