झिगु सहयोगी साकोसको १७ औं वार्षिक सभा

बनेपा/झिगु सहयोगी साकोसको १७ औ वार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य विषलाल मानन्धरको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरको सभापतित्वमा सम्पन नभएको छ ।

संस्थाको आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रतिबेदन सचिब दिपा ताम्राकार मानन्धरले,आर्थिक प्रतिबेदन कोषाध्यक्ष नवराज मानन्धरले र लेखा सुपरिबेक्षण समितको प्रतिबेदन संयोजक बुद्धकाजी मानन्धरले सभामा प्रस्तुत गरेका थिए ।

संस्थाको कुल शेयर पँजी १ करोड २ लाख २४ हजार, बचत संकलन ६ करोड ३४ लाख ४४ हजार, कर्जा लगानी ७ करोड ७६ लाख ५४ हजार रहेको छ ।

कार्यक्रममा संस्थाका ६५ वर्ष माथिका जेष्ठ सदस्यहरु, बाल बचतकर्ता, उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार बुद्ध मानन्धर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।