एकीकृत साकोसको १६ औं बार्षिक साधारण सभा

पनौती/एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा पनौतीमा जिल्ला सहकारी संघका कोषाध्यक्ष अर्जुन सापकोटाको प्रमुख आतिथ्यता तथा कार्यवाहक अध्यक्ष चण्डेश्वरी मुनंकर्मीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष उदयराम कायश्थ, विभिन्न सहकारी तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सभामा संस्थाले आर्थिक वर्षको अन्त्यसम्ममा २३ करोड ७३ लाख ६५ हजार ९ सय ९९ रुपैयाको कारोवार गरेको प्रतिवेदन सर्वसम्वतले पास भएको थियो ।

संघका सचिव भरत रावलले बार्षिक प्रतिवेदन तथा लेखा समिति संयोजक बालकृष्ण प्रजापति र ब्यवस्थापन सविन सुन्दर सैजुले संस्थाका आर्थिक तथा प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

सभाको बन्द सत्रले अध्यक्षमा चण्डेश्वरी मुनंकर्मी, उपाध्यक्ष रविनभक्त स्याउला, सचिव भरत रावल, कोषाध्यक्ष ज्ञानदास श्रेष्ठ, सदस्यहरुमा सविन केसी, उमादेवी बञ्जारा, लक्ष्मण मातंक्षे, भवनाथ हुमागाई, रुपक ताम्राकार, दिपक मातन्छे र राकेशसुन्दर सैजुु रहेका छन् । लेखा समिति बालकृष्ण प्रजापतिको संयोजकत्वमा पुरानै सदस्यहरुलाई दोहोर्याइएको छ ।