स्वस्थ शहर धुलिखेल नगरलाई थप अर्को उपलब्धी:अन्तराष्ट्रिय स्तरको पहिचान प्रमाण-पत्र

धुलिखेल नगरपालिकाको स्वास्थ्य क्षेत्रमा थप अन्तराष्ट्रिय संस्थाबाट पहिचानको प्रमाण-पत्र प्राप्त गरेको छ। एसिया प्यासिफिक एलाईन्स अन ह्युमन रसोर्स अन हेल्थ (AAAH) द्वारा स्वास्थ्य जनशक्ति तथा सेवाको क्षेत्रमा उल्लेख्य कार्य गरी योगदान पुराउन सफल व्यक्ति तथा संस्थाहरुलाई मनोनयनमा छनौटको लागि मनोनयन पेश गर्न आह्वान गरिएकोमा धुलिखेल नगरले स्वस्थ शहर अभियानमा जनताको सहभागिता Peoples Involvement in Healthy City Initiative विषयमा स्वस्थ शहर धुलिखेल स्वास्थ्यकर्मी समुहले अन्तराष्ट्रिय पहिचानको प्रमाण पत्र प्राप्त गरेको नगर प्रमुख अशोक ब्याञ्जुले जनाएका छन् ।

AAAH Award Committee को International Health Policy Program (IHPP), Ministry of Public Health, Tivnan Rd को AAAH Award Committee 2024 मा रहेको Dr. Bertrand MARTINEZ-AUSSEL, Expertise FranceMs. Aferdita Bytyqi, DTH-LabDr. Mari NAGAI, JICA तथा Dr. Martin Alilio, USAID Dr. Jim Campbell, WHO को समिति द्वारा AAAH Award मा धुलिखेल स्वास्थ्य समुहलाई पहिचानको प्रमाण-पत्र प्रदान गर्ने निर्णय भएको ब्यहोराको Chayanan Khutsutthipipat ले ईमेल मार्फत बधाई सहित जानकारी दिएको स्वस्थ्य शाखा प्रमुख सन्दीप के सीले जनाएका छन् ।

२५ मंसिर २०८२ बिहीबार

एसिया प्रशान्त क्षेत्रको १२ वटा देशका ७६वटा सहरहरुले निवेदन दर्ता गरेकोमा ४ वटा क्षेत्रहरु मध्ये Primary Healthcare Team Award मा धुलिखेल स्वास्थ्य समुहले Recognition पाएको हो। AAAH Award Committee ले Primary Healthcare Team Award , Health Professional Education Award, Digital Health Award, Youth Award गरी ४ वटा क्षेत्रमा उत्कृष्ट संस्थाहरुलाई अवार्ड तथा पहिचान प्रमाण पत्र दिदै आएको छ । यस अघि धुलिखेलले WHO SEARO/ UGHW बाट भाद्र ११ गते नेपालको पहिलो तथा एसियाको दोश्रो तहको HEALTHY CITY AWARD प्राप्त गरेको थियो। धुलिखेल नगरले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेर पहिचान प्रमाण पत्र पाएकोमा October 28-30, 2024, मा Crowne Plaza Vientiane, Lao PDR. मा प्रमाण पत्र वितरण हुने र धुलिखेल नगरले आफ्नो पोष्टर प्रदर्शन गर्ने स्वास्थ्य शाखा सहसंयोजक सरोज थापाले बताएका छन् ।