पुर्व मन्त्री बास्कोटाले भने –विपद पछिको भयावह अवस्थामा तीन तहकै सरकारको प्राथमिकता नागरिकको पुनर्स्थापना र पुनर्निर्माण
पनौती/काभ्रेपलाञ्चोक जिल्लामा असोज १०–१२ परेको वर्षात, त्यसबाट पुगेको क्षति, क्षति पछिको अवस्था, नागरिकहरुको तत्काल खोज तथा उद्दार, उपचार, राहत र पुर्नस्थापनका लागि आवश्यक प्रकृया सहित वस्तुस्थितीका बारेमा नागरिकहरुसँग सुझाव लिन तथा स्थलगत अध्ययनका लागि प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद तथा पुर्व मन्त्री, एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटा सहितको टोली प्रभावित क्षेत्र पुगेको छ ।
पुर्व मन्त्री बास्कोटाले क्षतिको प्रारम्भिक विवरणहरु वडा कार्यालय मार्फत संकलन गरी सरकारी स्तरबाट तथा विभिन्न संघ संस्था र अन्र्तराष्ट्रिय क्षेत्रमा रहेका नेपालीहरुका तर्फबाट सहयोग जुटाउने र स्थानीय सरकार मार्फत नै नागरिकहरुलाई उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । बेथान्चोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा राना तिमल्सिनाले तत्कालै सडक सञ्जाल खुलाउने तर्फ स्थानीय सरकारले देखाएको तदारुकताको पुर्व मन्त्री बास्कोटाले प्रशंशा गरे । ‘तत्काल खोज र उद्दार अनि नागरिकहरुलाई तत्काल आवश्यक पर्ने सडक, संचार र विद्युत्त ब्यवस्थापनका लागि गरिएको प्रयत्न प्रशंसनिय छ’– नेता बास्कोटाले भने–‘राहत र पुर्नस्थापनामा तीन तहकै सरकारको समन्वय रहनेछ ।’ बेथान्चोक ४ मा ९ जनाले ज्यान गुमाएका छन् । १ जना अझै बेपत्ता छन् । बेथान्चोकमा १२ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै पुर्व मन्त्री बास्कोटाले पनौती वडा नम्वर १, २, ३, १०, ११ र १२ नम्वर वडाको अवलोकन गरेका थिए । पनौतीमा १८ जनाले ज्यान गुमाएका छन् । अझै केहि वेपत्ता छन् । बेथान्चोक २, ३, ४ र ५ तथा पनौतीका प्रभावित वडाका नागकिहरुलाई तत्कालै आधारभुत आवश्यकताका सामाग्री सहितको राहत प्याकेज उपलब्ध गराउने नेता बास्कोटाले बताए । तेमाल, मण्डनदेउपुर, भुम्लु, रोशी, चौरीदेउराली, नमोबुद्ध, बनेपा, पनौती, धुलिखेल, महाभारत, खानीखोला गाउँपालिकाका प्रभावितहरुलाई तत्कालै राहत र पुर्नस्थापना तथा संचार र सडकसँगको सम्वन्ध स्थापित गर्न संघ र प्रदेश सरकारलाई अनुरोध गरिएको बताए । शनिबार पुर्व मन्त्री बास्कोटाको टोली मण्डनदेउपुर र भुम्लु लगायतको प्रभावित क्षेत्रमा जाँदै छ ।
बास्कोटासँगै पनौती नगरपालिकाका पुर्व नगर प्रमुख भिम न्यौपाने, एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा, जिल्ला कमिटी सदस्य सुर्दशन हुमागाई, एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, पत्रकार महासघ काभ्रेका उपाध्यक्ष विनोद न्यौपाने तथा स्थानीय नेता र नागरिकहरुले लगायतको टोली विभिन्न स्थानमा पुगेर पीडितहरुको अवस्था, क्षतिको अवस्था र तत्काल र दीर्घकालिन रुपमा गर्नु पर्ने आवस्यकताका बारेमा जानकारी लिएका थिए । नेता बास्कोटाले तत्कालै संघ र र प्रदेश सरकारले विपद प्रभावित क्षेत्रका बारेमा निर्णय गर्न अनुरोध गरेका छन् । योजनाहरु निर्माण तथा विनियोजित कार्यक्रमहरुलाई विपदसँग केन्द्रित गरेर शंशोधन गर्न बास्कोटाले तीन तहकै सरकारसँग अनुरोध गरेका छन् ।
राजमार्ग संचालनमा ल्याई रोशी गाउँपालिका तथा महाभारत गाउँपालिकासँग टुटेको सम्वन्ध, अन्तराष्ट्रिय स्तरको राजमार्ग रोकिँदा पुगेको असरका बारेमा समेत सरकारको ध्यानाकर्षण गराएको बास्कोटाले बताए । कृषकहरुले ब्यहोर्नु परेको कृषि तथा पशुपालन क्षेत्रका समस्यालाई पनि तत्कालै सम्बोधनका लागि सरकारलाई अनुरोध गरिएको बास्कोटाले बताए ।
राजमार्ग संचालनमा ल्याई रोशी गाउँपालिका तथा महाभारत गाउँपालिकासँग टुटेको सम्वन्ध, अन्तराष्ट्रिय स्तरको राजमार्ग रोकिँदा पुगेको असरका बारेमा समेत सरकारको ध्यानाकर्षण गराएको बास्कोटाले बताए । कृषकहरुले ब्यहोर्नु परेको कृषि तथा पशुपालन क्षेत्रका समस्यालाई पनि तत्कालै सम्बोधनका लागि सरकारलाई अनुरोध गरिएको बास्कोटाले बताए ।





