तनाव व्यवस्थापन सम्बन्धी हाम्रो सरोकारको एक दिने अभिमुखिकरण
बनेपा /बनेपामा रहेको हाम्रो सरोकार संस्थाले तनाव व्यवस्थापन र आत्मनिर्भरता आजको आवश्यकता विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।
शुक्रबार बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा स्थानियहरु र सरोकारवालको उल्लेख्य उपस्थिती रहेको थियो । काभ्रेलगायत देशको धेरै क्षेत्र बाढी पहिरोको पिडामा रहेको र मान्छेमा केहि न केहि समस्या भैरहेको सन्दर्भमा कसरी तनाव व्यवस्थापन गरी आत्मनिर्भरता बन्ने भनेर एक दिवसिय कार्यक्रम आयोजना गरिएको हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिवडाले बताईन । बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्दै नगरपालिका हरेक खालका समस्यामा पर्दै आएको भन्दै ति समस्याको व्यवस्थापन गर्दै समाधान गर्न सदैब लागि परेको बताए ।
अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल टेलिभिजनका कार्यकारी निर्माता दिपक समिर आचार्य, प्रशिक्षकद्वय संगिता थापा के।सी। र सुमी मानवले तनाव व्यवस्थापन कसरी गर्ने र आत्मनिर्भर कसरी बन्ने भन्ने बारेमा प्रस्तुतीकरण गरेका थिए ।
संस्थाका सचिव मञ्जु घिमिरेले सञ्चालन गरेको कार्यक्रममा बनेपा–१०, का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, सामाजिक अभियान्ता भेषराज शाह लगायतले बोलेको कार्यक्रम सफल पार्न उपाध्यक्ष सेवक श्रेष्ठ, सह–सचिव ईश्वर के।सीले प्राविधिक सहयोग र सदस्यद्वय बसन्ती कार्की र जिनेश रत्न शाक्यले विशेष सहयोग गरेका थिए ।





