बनेपा बचतको २५ औं सभा, अध्यक्षमा रहदेव पोटे

बनेपा/बनेपा बचत तथा ऋण सहकारी संस्थाको २५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य लगायतले सहकारीले पु¥याएको योगदान तथा सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।

बनेपा बचतमा रहदेव पोटेको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । समितिमा उपाध्यक्ष पदमसुन्दर श्रेष्ठ, सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर रहेका छन् । सदस्यमा शर्मिला मल्ली, लक्ष्मीनारायण ताम्राकार र अशोक बादे रहेका छन् । लेखा सुपरीवेक्षण समितिमा संयोजक जगदिप पलाञ्चोके रहेका छन् भने सदस्यहरुमा ओमकाजी प्रजापति र रुपेन्द्र शाक्य रहेका छन् । सदस्य बृद्धि गर्न, नियमित बचत संकलन गर्न, सदस्यमुखी कार्यक्रम संचालन गर्न, नीति नियम तथा विनियम शंशोधन गरी पुर्नलेखन गर्न, तालिम गोष्ठी सेमिनार संचालन गरी क्षमता अभिबृद्धि गर्ने, क्षेत्रगत समुह गठन गरी सम्भाब्यता अध्ययनमा जोड दिने, पाँचखालमा सेवा केन्द्र संचालन,सहकारी एकिकरणमा जोड दिने, विद्युत्तिय कारोवारमा जोड दिने, सहकारी एकीकरण गर्न पहल गर्ने, विद्युत्तिय कारोवार बृद्धि गर्ने, कार्यकुशलता तथा सिकाई वर्कशप संचालन गर्ने लगायतका कार्ययोजना प्रस्तुत गरिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष अमन पोटे श्रेष्ठले सहकारी मार्फत आर्थिक समृद्धी हासिल गर्न सहजता प्रदान हुने भएकाले सबै सदस्यहरुलाई उद्यमता तर्फ उन्मुख गर्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष रहदेव पोटेको स्वागत मन्तब्य रहेको कार्यक्रममा सचिव जितेन्द्र नकर्मीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुविन मानन्धरले आर्थिक प्रतिवेदन, जगदिप पलाञ्चोकेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सहकारीका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, जिल्ला सहकारी संघका उपाध्यक्षद्धय शान्ति लामा र मिरा सत्याल, काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघका सह सचिव विकास बादे, विभिन्न सहकारीका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।