बुडोल सामुदायिक साकोसको २५ औं साधारण सभा, अध्यक्षमा कैलाश

बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २५ औं वार्षिक साधारण सभाबाट पुन कैलाश केसीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा प्रकाश भुर्तेल, सचिव जयराम थापा, कोषाध्यक्ष राधेश्याम के.सी.,सह–सचिव गीता कुँवर क्षेत्री, सह–कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठ, सदस्यहरुमा हरिराम कुइकेल, गायत्री खड्का, भवानी के.सी, सुनिता मल्ल ठकुरी, अर्मेसा लामा रहेका छन् । त्यसै गरी लेखा सुपरिवेक्षण समितिको संयोजक पूर्णबहादुर कार्कीे सदस्य शर्मिला नेपाल र दिपक के.सी चयन भएका छन् ।

संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा पाँचखाल, नाला, धुलिखेल र बनेपा एकाइमा १४ देखी १७ गते सम्म एकाइ बैठक सम्पन्न गरी १९ गते सबै एकाइबाट छनौट भएका प्रतिनिधिहरूको उपस्थितिमा एकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो ।

चार वटै एकाइबाट छनौट भएर आएका प्रतिनिधि र निर्णय प्रमाणितकर्ताहरूको निर्णय प्रमाणित गर्न चयन भएका निर्णयकर्ताहरूले सभामा आ–आफ्नो एकाइको निर्णय पुस्तिका र अन्तिम निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिए ।

संस्थाको आर्थिक वर्ष २०८०/०८१ को कुल सम्पत्ति २ अर्ब ७६ लाख ८२ हजार, बचत १ अर्ब ५८ करोड ५ लाख ३३ हजार, शेयर पुँजी १६ करोड ५७ लाख ७६ हजार, संस्थागत पूँजी १६ करोड ६२ लाख, ५ हजार र मुनाफा ५ करोड ६२ लाख ८१ हजार ५२ रुपैयाँ आर्जन गरेको छ ।

साथै साधारण सभाले सदस्यहरुलाई १० प्रतिशतका दरले शेयर लाभांशवितरण गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई २.५ प्रतिशत र ऋणमा योगदानगर्ने सदस्यहरुलाई २.५ प्रतिशतका दरले हुनआउने रकम वितरण गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत विबेकराज ठकुरीले जानकारी दिएका छन् ।

तस्बिरहरुः