आदर्श साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न

बनेपा/ आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभा जिल्ला सहकारी संघ लिका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष उमेश मानन्धरको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन सचिब निरञ्जन मानन्धरले आर्थिक प्रतिबेदन कोषाध्यक्ष विकास मानन्धरले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक प्रमिश जोशीले सभामा प्रस्तुत गरेका थिए ।

संस्थाको कुल कारोबार १४ करोड ४८ लाख, ५ हजार, शेयर पुजीं १ करोड ६९ लाख ४३ हजार, बचत ११ करोड २३ लाख ४ हजार, कर्जा लगानी ८ करोड ९४ लाख ७० हजार रहेको छ । कार्यक्रममा जेष्ठ सदस्यहरु, उत्कृष्ट बचत कर्ता, बाल सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका महिला उपाध्यक्ष निर्मला श्रेष्ठ, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, मन्जुश्री साकोसका अध्यक्ष शरण मानन्धर, न्हुज साकोसका अध्यक्ष रामप्रसाद मानन्धर, काँठु गणेश साकोसका अध्यक्ष हरिगोपाल मानन्धर लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।