भिमसेन महाराज साकोसको १६ औं साधारण सभा
कार्यक्रमका प्रमुख अतिथी मानन्धरले वडा नम्बर ८ मा सहकारी तथा वित्तिय क्षेत्र भएको वडा भनेर चिनिने भएपनि केहि वित्तिय संस्थाका कारण बनेपा नै बदनाम भएको वताईन् ।
सहकारीको रकम सञ्चालकहरुले ब्यक्तिगत अपचलन गरेका कारण बनेपा वडा नम्बर ८ का मात्रै अहिले ८ जना जेलमा रहेको बताईन् । सहकारीको ऐन र निति भित्र रही सहकारीलाई कारोबार गर्न आग्रह गरेकी थिईन् ।
कार्यक्रममा चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, अडिर्टस विकास बैध, संस्थाका सल्लाहकार महेन्द्र कर्णजित लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन सचिब कृष्ण प्रसाद गौतमले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष सहदेब राज श्रेष्ठले र लेखा तथा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक सर्वज्ञराज कायस्थले प्रस्तुत गरेका थिए ।
संस्थाको कुल शेयर पुजीं १ करोड ९२ लाख ४५ हजार, निक्षेप संकलन १८ करोड ३५ लाख ८५ हजार रहेको जनाएको छ । कार्यक्रम सञ्चालन महिला उप समिति सदस्य निशा गौतमले गरेकी थिईन् ।






