सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने
काठमाडौँ /उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् ।
आइतबार अपराह्न सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन् ।
बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको निस्केका हुन् । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए ।
यसैबीच उपभोक्ताहरूले पनि तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाएको भन्दै व्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।






