आफ्नो तीन वर्षको तलब बाढीपहिरो पीडितलाई दिने पाँचखाल नगरप्रमुख खरेलको घोषणा

बनेपा/ पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलब भत्ता बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस काभ्रे जिल्ला प्रतिनिधि सभा २ का सभापति समेत रहेका पाँचखाल नगरप्रमुख खरेलले तीन बर्षको तलब भत्ताबाट १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

नगरप्रमुख खरेलले उक्त रकम क्षति ग्रस्त पालिकाको राहतकोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌ंस्था, कृषि, व्यवसाय लगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।