जनमैत्री साकोसले बाढीपिढितको लागि राहत सहयोग सहितका कार्यक्रम ल्यायो
पनौती,काभ्रे /जनमैत्री बचत तथा ऋण सहकारी संस्था लि.पनौती,१,रयालेले अबिरल बर्षाको कारण उत्पन्न बाढीपहिरो पिडितहरुका निम्ति वडा कार्यालयको राहत कोषमा १ लाख नगद जम्मा गर्ने भएको छ ।
संस्थाले असोज ११ देखि १३ गतेसम्म अबिरल वर्षाको कारण उत्पन्न प्राकृतिक विपत्तिको कारण संस्थाका शेयर सदस्यहरु प्रभावित भई सदस्यहरु तथा अन्य ब्यक्तिहरुको मृत्यू भएको प्रति दुख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेको छ । घाइतेहरुको पूर्ण स्वाथ्यलाभको कामना व्यक्त गर्दै प्राकृतिक प्र्रकोपबाट भएका घरवार विहिनता, घरगोठको तथा खेतवारी लगायतका भौतिक क्षतिबाट पिडित भएकाहरुप्रति दुख व्यक्त गरेको छ ।
अविरल बर्षासँगै आएको बाढीपहिरोमा परि जीवन गुमाउने परिवारलाई राहत स्वरुप नगद १० हजार रुपैयाँ तत्काल उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
यसैगरी विपत्तिको विषम परिस्थितिको सामना गर्नुपरेको यथार्थलाई मध्यनजर गर्दै प्रकोप परेको समयदेखि सम्पूर्ण ऋणी सदस्यहरुलाई पौषमसान्तसम्मको व्याजमा हर्जना छुटदिने भएको छ । शेयर सदस्यहरुको बाढीपहिरोमा परि आवास गुमेकाहरुले अस्थायी बासस्थान बनाउन चाहेमा सहुलियत व्याजदर एक प्रतिशतमा ३० हजारसम्म ऋण प्रदान गर्ने,बाढीपहिरोमा पिडित शेयर सदस्यहरुलाई पुर्ननिर्माणको लागि सहुलियत ऋण दिने निर्णय भएको प्रमुख व्यवस्थापक बेदप्रसाद सापकोटाले वताए ।






