पनौती–१२ भूमिडाँडालाई धुलिखेलबाट ५० लाख दिने निर्णय, एकीकृत खानेपानीको क्षतिको मुल्यांकन गर्ने
धुलिखेल/धुलिखेल नगरपालिका र धुलिखेल खानेपानी उपभोक्ता समितिले पनौती १२ भुमेडाँडा क्षेत्रलाई बाढी र पहिरोले पु¥याएको क्षति पछिको पुर्ननिर्माणका लागि २५÷२५ लाख उपलब्ध गराउने निर्णय भएको छ ।
धुलिखेल नगरपालिकालाई खानेपानी उपलब्ध गराउने पनौती १२ भुमेडाँडा प्रमुख श्रोत हो । खानेपानी पछि नगरपालिका घोषणा भएको थियो । भुमेडाँडामा विपद हुँदा धुलिखेल लगायत पछिल्लो समय एकीकृत खानेपानीलाई समेत असर पु¥याउँदा पनौती र बनेपा समेत प्रभावित भएका छन् ।
तीनवटै नगरका प्रमुखहरुको बैठकले तत्कालै उक्त क्षेत्रको पुर्ननिर्माणका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेका थिए । धुलिखेल नगरपालिकालाई संकटग्रस्त पालिका घोषणा गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगर प्रमुख ब्याञ्जुले बताए ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी लगायतले पनौती क्षेत्रको पुर्ननिर्माणमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
एकीकृत खानेपानीका संयोजक समेत रहेका ब्याञ्जुले एकीकृत खानेपानीमा पुगेको क्षतिको तत्काल मुल्यांकन गरी त्यसको निर्माणका लागि एडिवी र सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।
धुलिखेल नगरपालिकामा मात्रै ६० करोड बराबरको पुर्वाधार क्षति भएको छ भने अझै एक जना बेपत्ता छन् । केहि नागरिकले ज्यान गुमाएका छन् ।






