महिला नेतृत्वः ईन्जिनियरिङ् र स्टेममा महिला सशक्तिकरण
हल्ट प्राइज केयूले शी लिड्सः प्रेरणादायक ईन्जिनियरिङ् सोच नामक एक कार्यक्रमको आयोजना गरेको छ । इपेक्स र काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम क्लबको सहकार्यमा स्टेममा महिलाहरूको सम्मान र सशक्तीकरण गर्ने उद्देश्यले ‘शी लिड्स प्रेरणादायक ईन्जिनियरिङ् सोच’ नामक एक कार्यक्रम आयोजना गिरएको हो। आउँदो पुस्ताको महिला ईन्जिनियरहरूलाई प्रेरित गनेर् उदेश्यले कार्यक्रम आयोजना गिरएको बताइएको छ । जसमा प्रतिष्ठित अतिथिहरूले पुरुष प्रधान क्षेत्रका चुनौतीहरू उजागर गर्दै आफ्नो यात्रा र अन्तर्दृष्टि साझा गरेका थिए । कार्यक्रमले नेपालको इञ्जिनीयरिङ परिदृश्यलाई नयाँ आकार दिने महिलाहरूको विविध विशेषज्ञतालाई उजागर गर्दै ऊर्जा कूटनीतिदेखि सिभिल तथा इलेक्ट्रिकल इञ्जिनीयरिङ र सूचना प्रविधि सुरक्षासम्मलाई जोड दिएको थियो ।
ऊर्जा प्रणाली योजना र ग्रामीण विकासको क्षेत्रमा गतिशील व्यक्तित्व डा। अन्जु शर्माले प्यानलको शीर्षक प्रस्तुत गरेकी थिइन्। ग्रामीण प्रविधि केन्द्र,नेपालकी निर्देशक डा. शर्माले ग्रामीण समुदायको उत्थानका लागि ऊर्जा कूटनीति उपयोग गर्दाको अनुभव सुनाउनुका साथै ऊर्जा सुरक्षा, वातावरणीय दिगोपना र ऊर्जा समानतालाई सन्तुलित गर्नुपर्नेमा जोड दिएकी छन्।
मेरिकन कन्सल्टेन्टकी सिनियर इञ्जिनियर करुणा अमात्यले आफ्नो समुदायमा पहिलो महिला सिभिल इञ्जिनियरको रुपमा अग्रणी भूमिका निर्वाह गरेको बताइन्। विराट नर्सिङ होम एण्ड रिसर्च सेन्टर जस्ता महत्वपूर्ण परियोजनाहरूमा काम गरिसकेकी अमात्यले “ऐश्वर्य विद्या पुरस्कार” प्राप्त गर्नेदेखि लिएर ऐतिहासिक निर्माण परियोजनाहरूको नेतृत्व गर्दाको आफ्नो यात्राको बारेमा बताइन्।
मोना न्याछ्योन, एक अग्रणी आईटी सुरक्षा फर्म मोनाल टेककी संस्थापक हुन्। एक दशकभन्दा बढीको अन्तर्राष्ट्रिय अनुभवको साथ, मोनाले एक महिला सीईओको रूपमा प्राविधिक क्षेत्रमा नेतृत्व गर्नुको चुनौतीहरूको बारेमा जानकारी गराएकी िथइन्। उनले विविध कार्यबलको निर्माण र बलियो नेतृत्वको महत्त्वको बारेमा आफ्नो धारणा राखेकी छन्। साथै, ५ पुरुषलाई पछि पारेर नेसनल कलेज अफ इन्जिनियरिङको इलेक्ट्रिकल विभागको उपप्रमुख बन्नुभएको राधिकाकुमारी साहले अवरोध तोडेको कथा सुनाएकी िथइन् ।
कुनैपनि क्षेत्रमा एक्लो महिला हुनु चुनौतीपूर्ण हुन सक्छ, तर पुनरुत्थान र जुनूनको साथ, तपाईं फस्टाउन सक्नुहुन्छू, युवा महिलाहरूलाई आत्मविश्वासका साथ नेतृत्वदायी भूमिकाहरू पछ्याउन प्रेरित गर्दै उनले भनिन् ।
स्टेम क्षेत्रमा उत्कृष्टता हासिल गर्न चाहने महिलाहरुलाई एउटा सशक्त सन्देश दिँदै कार्यक्रमको समापन भयोस् “अघि बढ्नुहोस्, आफैलाई नरोक्नुहोस्”। प्रत्येक आतिथिहरुले दृढता, सामुदायिक समर्थन र अवरोधहरू तोड्नुको महत्त्वमा जोड दिएा छन्। उनीहरुले उपस्थित विद्यार्थीहरूलाई परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व भएको क्षेत्रमा पनि सीमा धकेल्न र आत्मविश्वासका साथ आफ्ना सपनाहरू पछ्याउन प्रोत्साहित गरेका छन्।






