मण्डनदेउपुरका ५७ घरपरिवारलाई राहत प्रदान
काभ्रेपलाञ्चोक । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं। १०, ११ र १२ वडामा राहत वितरण गरेको छ ।
संघिय सांसद गोकुल प्रसाद बाँस्कोटाको आग्रहमा बाढी तथा पहिरोबाट पीडित मण्डनदेउपुरका ५७ घरधुरीलाई डिष्ट्रिक्ट ३२५ जे नेपालले राहत प्रदान गरेको हो ।
राहत सामाग्रीमा चामल, नुन, दाल, तेल लगायत दैनिक आवश्यकीय खाद्यान्न, त्रिपाल, प्रेसर, कुकर, थाल लगायतका एक सेट भाँडाकुँडा थिए ।
राहत प्रदान गर्न डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापा, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली, चिफ पिआरओ लायन रामराजा थापा, जोन चियरपर्सनहरु लायन कविता श्रेष्ठ र लायन निरन पाण्डे प्रभावित स्थलमा पुगेका थिए ।






