पुण्य गौतममाथि रड प्रहार

सामाजिक अभियन्ता पुण्य गौतममाथि सांघातिक आक्रमण भएको छ ।

हिजो राति सवा ९ बजे उनलाई जोरपाटीमा आफ्नै घरनजिक रड प्रहार गरिएको हो ।

अज्ञात व्यक्तिले टाउकोमा रड हानेर भागेको पारिवारिक स्रोतले बताएको छ ।

घाइते गौतमलाई नेपाल मेडिकल कलेजको आइसीयूमा राखेर उपचार भइरहेको छ ।