काभ्रेमा मनसुनजन्य विपद्बाट कृषि क्षेत्रमा ४२ करोड ६३ लाख बराबरको क्षति भएको अनुमान

धुलिखेल/मनसुनजन्य विपद्ले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा पालिकामा रहेको कृषि बालीमा प्रारम्भिक क्षति ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा पुगेको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । प्रमुख कुलप्रसाद दवाडीका अनुसार धान, मकै, आलु, तरकारी र अन्य खेतीमा क्षति पुगेको बताए ।

वर्षाका कारण क्षति पुगेको बालीहरुको मुख्य कारण मनसुनजन्य विपद रहेको कृषि विकास कार्यालय प्रमुख दवाडीले बताए । जिल्लामा ७ हजार २ सय घर परिवारले लगाएका बालीहरुको प्रारम्भिक क्षतिको अनुमान ४२ करोड ६३ लाख रहेको छ । सबै भन्दा धेरै पनौती नगरपालिकामा ९ करोड ४१ लाख, धुलिखेल नगरपालिकामा ५ करोड ४८ लाख बराबरको क्षति भएको छ ।

(काभ्रेको कुन पालिकामा कति क्षति भयो ? पूर्ण विवरण)