बिपी राजमार्गको नार्केसम्म गाडी चल्यो, भोली मंगलटार जोड्ने तयारी

बाढी पहिरोको कारण क्षतविक्षत भएको बिपी राजमार्ग सञ्चालनका लागि तिव्र गतिमा काम भइरहेको छ । चाडपर्वको समय भएकाले अस्थाई रुपमा भएपनि राजमार्ग सञ्चालनका लागि धमाधम काम भइरहेको हो । यो समाचार तयार पार्दासम्म नार्केसम्म गाडी सञ्चालन भएको छ ।

भोली मंगलटारमा जोड्ने गरी काम भइरहेको बताइएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीतर्फबाट तिव्रताका साथ काम भइरहेको छ । अहिले बिपी राजमार्गमा सयौं गाडी अलपत्र छन् । केहि ठुला गाडी मंगलटारको रोशी खोलाबाट तेमाल हुँदै भकुण्डेबेंसीबाट काठमाडौं भित्रिएका छन् ।

साना गाडी भने खोला पारी नै अड्किएका छन् । खोलामा ह्रयुमपाइम राखेर यातायात सञ्चालनको प्रयास समेत भइरहेको छ । यद्यपी उक्त मार्ग साँघुरो र जोखिमपुर्ण भएकाले बिपी राजमार्गलाई नै अस्थाई रुपमा सञ्चालन गर्न जोड दिइएको छ ।