आज पनि घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?
काठमाडौं/नेपाली बजारमा बुधबार (आज) पनि सुनको मूल्य घटेको छ। आइतबारबाट घटेको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रूपैयाँले घटेको हो।मंगलबार प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।






