राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदन(प्रतिनिधि सभा र राष्ट्रिय सभा)बाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।