बनेपामा खसी–बोका किन्नेको भिड
व्यापारिक नगरी बनेपामा यतिबेला दसैँको लागि खसीबोका किन्नेको भीडलागेको छ। भोलि बिहीबार दसैँको फूलपाती पर्व भएकाले आज बनेपामा खसीबोका किन्न ठूलो संख्यामा सर्वसाधारणदेखि व्यापारीसम्म पुगेका छन्। दसैँको अष्टमी र नवमीमा खसी-बोको काटमार बढी हुन्छ।
केहिदिन अघिदेखि नै व्यापारी किसानसँग खसी–बोका किन्न तँछाडमछाड गरिरहेका भएपनि आज भने भीड लागेको हो । बनेपा, पनौती, बेथानचोक, तेमाल, रोशीबाट खसी–बोका बेच्न किसान बनेपा आइपुगेका छन् । धेरैजसोले गाउँबाट ल्याइएका खसी–बोका रोजाइमा पारेका छन् । गाउँबाट ल्याइएका खसी–बोका स्वस्थ हुने भन्दै रोजाईमा पारिएको उनीहरु बताउँछन् ।
तस्बिरहरुः






