बाढीपहिरोले अवरूद्ध सडक जोड्न भारतले दियो १० वटा बेलिब्रिज
काठमाडौं/बाढीपहिरोले अवरूद्ध सडक जोड्न भारत सरकारले १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) नेपाललाई दिएको छ ।
बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले जनाएको छ ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई पुलका सामानहरू हस्तान्तरण गरिन् । उनले बेलिब्रिजका थप सामानहरू आगामी दिनमा पनि उलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।






