विपत्तिमा रोशी गाउँपालिकाः अस्पताल बगाएपछि पिँढीबाट स्वास्थ्य सेवा

मोतीराम तिमल्सिना
रोशी, काभ्रे
असोज १०–१२ गतेसम्म परेको अविरल वर्षातका कारण रोशी गाउँपालिकाका धेरै स्थानमा क्षति पुग्यो । विपी राजमार्ग १६ स्थानमा कटानमा प¥यो । असोज २९ गतेसम्म पूर्ण रुपमा राजमार्ग बन्द हुन पुग्यो । राजमार्गको यात्रा अझै सहज छैन । अस्पताल बगायो । स्वास्थ्य चौकी पहिरोमा प¥यो । तर पनि रोशी गाउँपालिकाले नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी दशैको विदामा समेत आलोपालो स्वास्थ्यकर्मी खटाउँदै २४ सै घण्टा सेवा प्रदान ग¥यो ।

‘नागरिकहरुलाई सहज सेवा उपलब्ध गराउन विदाको समयमा पनि २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेका हौ’–गाउँपालिका अध्यक्ष दिनेश लामाले भने–‘विपत्तिमा हुन सक्ने स्वास्थ्य जोखिम कम गर्न स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराएका हौं ।’ विपत्ति पछि खानेपानी लगायतका कारण झाडावान्ता तथा अन्य रोगहरु देखा परेका थिए । सोहि अवस्था बढ्न नदिन स्वास्थ्य संस्था २४ सै घण्टा खुल्ला गरिएको अध्यक्ष लामाले बताए ।

‘विपत्तिका समयमा नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरु आफन्त, घर परिवार र चाडवाड नभनी २४ सै घण्टा खटिनु भयो’– रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठल भने–‘स्वास्थ्यकर्मीहरुले नागरिकहरुका लागि निरन्तर दिनु भएको सेवाको उच्च सम्मान गरेका छौं ।’ गाउँपालिकाले तत्कालका लागि विपत्तमा खटिएका स्वास्थ्यकर्मीहरुलाईसट्टा विदा निर्णय भएको छ ।भने प

रोशी गाउँपालिकाको वडा नम्वर १ मा रहेको गाउँपालिका स्तरको अस्पताल बगाउँदा पूर्ण रुपमा क्षति हुन पुगेको छ भने खहरेपाँगु स्वास्थ्य चौकी समेत पहिरोको जोखिममा परेकाले सेवा उपलब्ध गराउन सकेको छैन । उक्त संस्थाबाट उपलब्ध गराउनु पर्ने सेवा अन्यत्रबाट उपलब्ध गराउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले बताए । ‘हाम्रा केहि स्वास्थ्य संस्थाहरुमा बाढी र पहिरोबाट क्षति हुन पुग्यो । जसका कारण नागरिकहरुलाई तत्कालै सेवा सूचारु गर्न असहज भयो’– श्रेष्ठले भने–‘उक्त सेवा निरन्तर उपलब्ध गराउन गाउँपालिका, जनस्वास्थ्य कार्यालय र नेपाली सेना लगायतको टिमले सहयोग ग¥यो ।’ नेपाली सेनाले वडा नम्वर १,२ र ३ का लागि औषधी पु¥याउन सहयोग ग¥यो भने मंगलटार लगायतका स्वास्थ्य संस्थाहरुमा हेलिकप्टर मार्फत औषधी उपलब्ध गरायो । केहि संस्थाहरुमा स्वास्थ्यकर्मी आफैले बोकेर औषधी लगेका थिए । स्वास्थ्य चौकी बगाउँदा ब्यक्तिको घरमा रहेको पिंढीबाट स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
रोशी गाउँपालिकमा रहेका १४ वटै स्वास्थ्य संस्थाहरुले विपत्तिका समयमा सेवा उपलब्ध गराए । जसका कारण रजवासमा दुर्घटना हुँदा त्यहाँ रहेको सामुदायिक स्वास्थ्य इकाई मार्फत प्राथमिक उपचार पछि धुलिखेल अस्पताल पठाईएको थियो । खानेपानी लगायतका कारण केहि ब्यक्तिहरुमा फैलिएको झाडा वान्ता नियन्त्रण गर्न सहज भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘पानी उमालेर खान सक्ने अवस्था पनि थिएन, पानी नखाई पनि भएन, त्यस्तो अवस्थामा उत्पन हुन सक्ने स्वास्थ्य समस्याका बारेमा हामी सचेत थियौ’– स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भने–‘झाडावान्ता लगायतका रोगहरु नियन्त्रण गर्न सहज भयो, घाउ चोटकपटक तथा अन्य समस्याका विरामीहरुलाई पनि विपत्ति पछिको विदाको समयमा पनि सेवा लिन सहज भयो ।’ रोशी गाउँपालिकामा रहेका बर्थिङ्ग सेन्टरहरु ३ सय ६५ दिन नै २४ सै घण्टा संचालनमा छन् । नियमित खोप लगायतका कार्यक्रमहरु भने प्रभावित बने ।

स्वास्थ्य सेवामा उत्कृष्ट कार्य
रोशी गाउँपालिकाले विगत केहि वर्ष देखि नागरिकहरुलाई घर दैलो सेवा दिने कार्यक्रम अन्र्तगत ग्रामिण भिडियो एक्स रे सेवा संचालनमा ल्याएको छ । घुम्ति रुपमा संचालन गरिएको उक्त सेवाबाट एक वर्षको अवधीमा १ सय २४ जना गर्भवती महिलाहरुले सेवा पाएका छन् ।६० बर्ष माथिका नागरिकको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत हाल सम्म २ हजार ५ सय ९ परिवारको स्वास्थ्य बीमा पालिका आफैले गरिदिएको छ । ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम अन्तर्गत २ सय जना आमाहरु लाभान्वित भएका छन् । सबै स्वास्थ्य संस्थाहरुमा सहयोगात्मक सुपरिवेक्षण तथा अनुगमन गरी सेवा प्रवाह प्रभावकारी बनाउन गाउँपालिका मार्फत सहयोग पु¥याएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । सबै स्वास्थ्य संस्थाबाट टोल बस्ती स्तरमा स्वास्थ्य सेवा प्रदान गर्न योजना निर्माण गरी कार्यन्वयन गरिएको छ।

एक्सरे सहितको क्षयरोग स्क्रिनिङ शिविर आयोजना गरिएको छ । क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियान शुरु गरिएको छ । शिविरमा ४ सय ४१ जना लाभान्वित भएका थिए । जसबाट ६ जना क्षयरोगका बिरामीहरु पत्ता लगाई उपचारको दायरामा ल्याईएको छ ।निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । जसमा ४ सय २७ जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये ४८ जनाको मोतिविन्दुको शल्यक्रिया रेयुकाई मासुनागा आँखा अस्पतालको सहयोगमा गरिएको छ ।

स्वास्थ्य चौकीहरुको सामाजिक परिक्षण गरिएको छ । निःशुल्क एम्बुलेन्स सेवा अन्तर्गत १ सय २० जना गर्भवतीरसुत्केरी आमाहरु लाभान्वित भएका छन् । कार्यक्रममा उच्च रक्तचापको विरामी २ सय ६७ जनालाई उपचार निरन्तरता गरिएको छ ।

५ वटा स्वास्थ्य संस्थाबाट मानसिक स्वास्थ्य सेवा संचालन गरिएको छ ।१६ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई आधारभूत तालिम प्रदान गरी क्षमता विकास गरिएको छ । ५६ जनाविपन्न नागरिकलाई उपचार सिफारिस गरिएको छ ।दादुर रुवेला खोप अभियानमा १ हजार २ सय ४८ जनालाई (९८ प्रतिशत) बालबालिकालाई खोप लगाईएको छ । आईपिभी खोप अभियानमा ९ सय ४ जना (१०१ प्रतिशत) बालबालिकालाई खोप लगाइएको छ ।

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८०÷२०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा जिल्लामा रहेका १३ वटा पालिकाका स्वास्थ्य शाखाहरुले गरेका विभिन्न गतिविधिहरु मध्ये समयमा सूचना प्रदान गर्ने रोशी गाउँपालिका उत्कृष्ट भएको थियो । हरेक विद्यामा उत्कृष्ट हुने तीन पालिका र स्वास्थ्यका विभिन्न कार्यक्रम मध्ये फरक फरक विद्यामा उत्कृष्ट भएका १३ वटै पालिकालाई जनस्वास्थ्य कार्यालयले सम्मान गरेको थियो । स्थानीय तह मुल्यांकन बर्गिकरणका आधारमा नागरिकहरुलाई उत्कृट सेवा प्रदान गर्ने जिल्लाको विकट पालिका महाभारत प्रथम भएको थियो भने धुलिखेल नगरपालिका दोश्रो र बेथान्चोक गाउँपालिका तेश्रो भएको थियो । सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउँदै सेवा प्रवाहमा अझै गुणस्तर कायम गर्ने पालिकाहरुलाई अति उत्तम, उत्तम, सामान्य, न्युन र अनि न्यून मापदण्ड राखिएको थियो । समयमा सूचना प्रदान गर्ने रोशी गाउँपालिका उत्कृष्ट भएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा प्रदेश स्तरको मेथिन्कोट अस्पतिाल, ५ वटा नगर अस्पताल, ४७ वटा बर्थिङ्ग सेन्टर, ८४ वटा स्वास्थ्य संस्था र ९ सय ३७ जना महिला स्वास्थ्य स्वंसेविकालाई तीन तहका सरकारले समन्वय गरिरहेका छन् ।

जनस्वास्थ्य कार्यालयबाट संचालित कार्यक्रमहरु ९९ प्रतिशत सम्पन्न भए पनि ढिलो गरी प्राप्त हुने कार्यक्रम र बजेटका कारण समयमा कार्य गर्न असहज भएको सहभागिहरुले बताए । जिल्लामा रहेका १ सय ५१ वटा सार्वजनिक तहका माध्यमिक विद्यालय मध्ये ४५ वटा विद्यालयमा विद्यालय नर्स कार्यरत छन् । जसका कारण बालबालिकाहरुको स्वास्थ्य सेवामा मात्रै नभई विभिन्न खालका स्वास्थ्य कार्यक्रम विद्यालय तहमा संचालन गर्न सहज भएको बताईएको छ ।

पछिल्लो समय स्थानीय सरकारले केहि औषधी खरिद गरी वडा तथा टोल स्तरका स्वास्थ्य संस्थामा उपलब्ध गराए पनि प्रदेश तहको सरकारको जिम्मेवारीमा रहेका नसर्ने रोगका औषधीहरु जस्तै सुगर, प्रेसर, दम लगायत परिवार नियोजनका अस्थायी साधनहरु डिपो, इनप्लान्ट, नाभी मल्हम, भिटामिन ए उपलब्ध हुन सकेको छैन । प्रदेश सरकारको ढिलासुस्तिका कारण नागरिकहरुले सहज सेवा पाउन नसकेको बताएका छन् ।