विपद पछिको क्षतिका बारेमा क्लस्टरहरुलाई प्रतिवेदन बुझाउन प्रमुख जिल्ला अधिकारीको निर्देशन

धुलिखेल/ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा राहत, पुनस्र्थापना तथा पुननिर्माणका लागि गठित जिल्ला विपद् व्यवस्थापन समितिको विषयगत क्लष्टरहरुको बैठक सम्पन्न भएको छ ।
बैठकमा यस अघि जिम्मेवारी प्रदान गरिएका क्लसटरहरुले विपत्ति पछि गरेको कार्य प्रगति प्रतिवेदनका विषयमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले क्लसटरहरुले गरेको प्रगति प्रतिवेदनकोजिल्ला प्रशासन कार्यालयमा पठाउन निर्देशन दिएका थिए ।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सुबास पौडेल, नेपाली सेनाको कालीजंग गणका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बशुन्धरा खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख उप अनुसन्धान निर्देशक शेरजंगबहादुर चन्द, शशस्त्र प्रहरी बल नम्वर १५ गणका रामकुमार महत क्षेत्री, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । बैठकमा विभिन्न सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्थानीय विपद् व्यवस्थापन समितिसँग आवश्यकता अनुसार बैठक बसी सहजीकरण गर्ने, विपद् व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रम प्रदेश सरकार र संघीय सरकारसँग माग गर्ने, कृषी, खानेपानी, स्वास्थ्य र पूर्वाधार जस्ता विषयगत क्लष्टरहरुले अझ सक्रियता साथ कार्य अघि बढाउने, नेपाल सरकारबाट नगद राहत उपलब्ध गराउन बाँकी रहेका मृतकका परिवारलाई तत्काल नगद राहत उपलब्ध गराउने र तत्काल गुजाराको लागि राहत रकमका लागि मापदण्डको प्रकृया पु¥याई वितरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गर्ने, स्वास्थ्य कार्यालयले विपद्जन्य क्षेत्रहरुका स्थानीय तहसँग समन्वय गरी मनोसामाजिक परामर्शका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।