प्रहरी दिवसमा सम्मान, प्रशंशापत्र र पुरस्कार वितरण

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेलेसाइवर सुरक्षा, आजको आवश्यकता भन्ने नाराका साथ ६९ औ प्रहरी दिवस मनाएको छ ।

डिएस्पी मिनबहादुर घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रहरी कार्यालय तथा विपदमा प्रहरी र नागरिकलाई सहयोग गर्ने संघ संस्था एवं ब्यक्तिलाई प्रशंशापत्र प्रदान गरिएको थियो । अमर प्रहरीका परिवारलाई सोहि अवसरमा सम्मान गरिएको थियो । प्रहरी अधिकृत तथा विभिन्न दर्जाका कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रहरीले नागरिकहरुलाई प्रदान गर्ने शान्ति सुरक्षा, अपराध अनुसन्धानमा प्रविधी मैत्री हुनु पर्ने बताए । कार्यक्रममा जिल्ला न्यायाधीवक्ता कृष्णा भण्डारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रिराज तिमल्सिना, इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी ज्ञानबहादुर खड्का, पुर्व प्रहरी संगठनका जिल्ला उपाध्यक्ष पुर्व प्रहरी निरिक्षक प्रदिप कार्की लगायतले मन्तब्य राखेका थिए ।

तस्बिरहरुः