स्मृतीग्रन्थ ‘सम्झनामा बाआमा’को कृति चर्चा

दीपकप्रसाद पौडेल मण्डनदेउपुर नगरपालिका वडा नं. ८, धाइटारको एउटा मध्यमवर्गीय परिवारमा जन्मेका सामाजिक व्यक्ति हुन् । सानै उमेरदेखि तिक्ष्ण वुद्धिका उनी सहकारी क्षेत्रमा लाग्दै आएका छन् । खास गरी नेपाली कांग्रेस निकटको राजनीतिक आस्था राख्दै आएका उनी पछिल्लो समय खोज, अनुसन्धान र लेखन कार्यमा लाग्दै आएको पाउन सकिन्छ ।

पछिल्लो समय खोज, अनुसन्धान र लेख रचनामा विशेष ध्यान दिंदै आएको भएर होला उनले २०८१ साल आश्विन २९ गते आफ्ना दिवंगत आमाबुवाको वार्षिक पुण्यतिथिको अवसर पारेरे ‘सम्झनामा वाआमा’ मातापिता स्मृतिग्रन्थ नामक पुस्तकको लोकार्पण गरे ।
हामीलाई थाहा छ, लेख, रचना र पुस्तक आफैमा ऐतिहासिक दस्तावेज हो । यस धर्तीमा धेरै मानिस जन्मिन्छन् र मर्छन्, त्यो शाश्वत सत्य हो । लेखन जगतको इतिहासमा धेरै पुस्तकहरू लेखिएर अक्षरधाममा भावी पुस्ताका लागि अमर बनिरहेकाछन् ।
पुस्तकको प्रकाशन र लोकार्पणको ऐतिहासिक दिनलाई नियाल्दा यस अघिको सन्दर्भ जेजस्तो भएपनि दिपक पौडेल आफ्नो बाबा आमाको तत्कालिन भार चुक्तागर्न सफल भएको देखिन्छ । पुस्तकमा आमाबाबुको जन्मदेखि मृत्युसम्मका सबै गतिविधिहरूलाई समेटेकोले यो पुस्तक उहाँ, उहाँको पपिरवारमात्र नभएर पौडेल वंश र समग्र नेपाली समाजको लागि एउटा सुन्दर दस्तावेज बनेको छ । लेखक पौडेलका यसअघि पनि ‘सहकारी अभियानः अनुभवर अनुभूती’, ‘स्मरणमा जेल जीवन’, ‘नेपाल किसान संघको ऐतिहासिक पृष्ठभूमीः विचार र आनदोलन’, ‘मण्डन धाइटारको पौडेल वंशावली’, ‘जीवन यात्रा र अनुभूती’ लगायतका थुप्रै पुस्तक र लेखहरु प्रकाशित भएकाले उनको लेखन अब्बलतामा थप सुन्दरता र सौन्दर्य थपिएको छ ।

प्रकाशकीयको ​​हिसाबले पुस्तकको कभर, सजावट, शुद्धाशुद्धि र गुणस्तरमा राम्रो ध्यान दिएको देखिन्छ । स्व. मातापिताले आफ्नो जीवनकालमा गरेको दुःख, जोडेको सम्पत्ति, बनाएको घर, परिवार र आफन्तको साथमा दिवंगत बाआमाको समग्र सन्दर्भलाई समेट्न लेखकले गरेको प्रयास अतुलनीय छ । त्यतिमात्र छैन, पुस्तकमा लेखक आपूm बनेर परिवारका सदस्यहरु–दाजु रामबाबु पौडेल, आपूm स्वयं, वहिनीहरु शुभद्रा कुईंकेल, पवित्रा शर्मा गुरागाँईं र गायत्री पौडेल अधिकारीलाई प्रकाशकीय टिममा समावेश गर्दै डा. अग्नि नेपाललाई प्रधान सम्पादक बनाएर जो मेहनत गरेका छन्, त्यो सराहनीय देखिन्छ ।

पुस्तकमा सम्झनामा बाआमा, आमाको काँख छुटेपछि, स्मृतिमा बा, विष्णुकुमारी र विष्णुप्रसाद पौडेलका सन्तानहरु, आमाको अन्त्य संस्कार, १३ दिने काजकिरियाको दैनिकी, गरुड पुराणको सन्दर्भ, बाको अन्त्य संस्कार, आमाको दुःखद निधनमा समवेदना व्यक्त गर्ने महानुभावहरु, बाको दुःखद निधनमा समवेदना व्यक्त गर्ने महानुभावहरु, २०७९ पुस २ गते स्व. आमा विष्णुकुमारीको अन्तिम संस्कारको लागि इन्द्रावती नदीमा मलामीमा संलग्न बयक्तिहरु, २०८० कार्तिक ९ गते स्व. बा विष्णुप्रसादको अन्तिम संस्कारको लागि इन्द्रावती नदीमा मलामीमा संलग्न ब्यक्तिहरु, बाआमाका आफन्त तथा नातेदारहरु, श्रीकृष्ण पौडेलका सन्ततीहरुले श्राद्ध गर्ने तिथीहरु, तिथी तथा श्राद्धसम्वन्धि जान्नै पर्ने कुराहरु, हार्दिक आभार एव. कृतज्ञताको कुरा, आमा तथा बाको श्रद्धाञ्जली तथा समवेदना पत्रहरु र विभिन्न ऐतहिासिक तस्विरहरुलाई महत्वपूर्ण ढंगले दस्तावेजिकरण गरेको देखिन्छ ।

पुस्तकमा समेटिएका थुप्रै कुराहरु पढें । त्यसमध्येपनि बाआमाको जिन्दगीलाई विशेष ध्यानमा राखें । त्यति बेलाको समय, ८ वर्षमै भएको विवाहको कुरा, धेरै छोराछोरी र तीनको पालन पोषण र लालन पालनको कुरा मर्मस्पर्शी छ । त्यति मात्र नभएर त्यतिबेलै बाआमाले गरेको सन्तानप्रतिको चिन्ता, अझ कारुणिक देखिन्छ ।

‘आमाको काख छुटेपछि’मा पनि नेपाली समाज र आमाको वात्सल्यमय मायाँको सिंगो चित्र उतारिएको देखिन्छ । ‘आमाविना सृष्टि हुँदैन’, छाती सबैको रस पग्लँदैन भन्ने उक्तिले मनै छोयो । ‘आमाको काख हो स्वर्ग पाईदैन जताता, आमा हुन् धरती जस्तै उनी जीवित देवता’ जस्ता श्लोक र उक्तिहरु मर्मस्पर्शी छन् ।

यसको अलावा आमा र बाको देहवसान, अन्त्य संस्कार, काजकिरियाको सन्दर्भ समाजको लागि चीरस्थायी देखिन्छ । हामी अन्त्य संस्कार, मलामीमा सहभागी भएको सन्दर्भ र १३ दिनको काजकिरियामा श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्न आएका महानुभावहरुको रेकर्डको बारेमा त्यति ध्यान दिन नसकेकाहरुको लागि यो पुस्तक मार्गदर्शकमात्र नभएर, एतिहासिक समेत देखिन्छ ।

पुस्तकमो नेपाली मृत्यु संस्कारको सामग्री समेटेर पुस्तक र समाज दुवैलाई एकै पटक न्याय दिएको देखिन्छ । यो पुस्तक लेखकको व्यक्तिगत परिवार बाहेक सबै दाजुभाइ, सन्तान र श्रद्धाञ्जली दिनेहरूका लागि समान रूपमा उपयोगी र ऐतिहासिक देखिन्छ ।
अन्त्यमा, २०८१ कात्तिक २९ गते लेखक पौडेलका दिवंगत अभिभावकज्यूको प्रथम वार्षिक पुण्यतिथिका दिन स्व. आमाबुप्रति भावपूर्ण श्रद्धासुमन ब्यक्त गर्दछु । (समीक्षक कीर्तिपुरस्थित राजनीति शास्त्रका एमफिल पी.एच्.डी. स्कलर हुन्)