सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं/ सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो ।

यस अघि बिहीबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।