रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा समर्थकहरूको बाक्लो भिड उपस्थित भएको छ।

सााथै, प्रहरी अधिकारीहरू पनि बाक्लो संख्यामा उपस्थित भएका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गरेर कारबाही अघि बढाउने तयारीका समाचारहरू बाहिरिएपछि रास्वपा कार्यालयमा भिड जम्मा भएको हो।

रविबारे बिहीबार शीर्ष नेताहरूको बैठकमा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए। जवाफमा ओलीले कानुन अनुसार नै सबै हुने बताएका थिए। लगत्तै, शुक्रबार बसेको विपक्षी दलको बैठकमा पनि यसबारे कुरा भएको थियो।