बेथानचोक गाउँपालिकाले शुरु गर्यो भवनको छतबाट सेवा, ११ वटा ठेक्का रद्द

बेथानचोक÷बेथानचोक गाउँपालिकाले आर्थिक वर्ष २०८१/२०८२ का लागि आब्हान गरेका विभिन्न प्रयोजनका ११ वटा ठेक्का रद्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीका अनुसार सरकारले असोज १०–१२ सम्म परेको अविरल बर्षातका कारण बेथान्चोक गाउँपालिकालाई संकटग्रस्त घोषणा गरेकाले विपदमा साविकका अवस्थामा आब्हान गरेका सबै बोलपत्रहरु रद्द गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको हो ।

‘कार्तिक १ गते कार्यपालिकाको बैठकले बेथान्चोक गाउँपालिकामा वर्षात पछिको विपदबाट ठुलो जनधन तथा भौतिक क्षति भएकाले साविकको अवस्थामा आब्हान गरिएका बोलपत्रहरु यथास्थितिमा कार्यान्वन गर्न नसकिने भएकाले बेथान्चोक गाउँपालिकाले सम्पूर्ण ठेक्काहरु रद्द गर्ने निर्णय गरेको छ’–प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले भने–‘सरकारको प्राथमिकता अनुसार गाउँपालिकाले विपद पछिको अवस्थालाई अघि बढाउने निर्णय गरेको छ ।’

अध्यक्ष भगवान अधिकारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विपद पछिको अवस्थामा सहयोग गर्ने सम्पूर्ण संघ, संस्था तथा सरकारका निकाय र स्थानीय नागरिकलाईलाई धन्यवाद दिदै बेथान्चोक गाउँपालिकाको पुर्ननिर्माणमा आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आब्हान गरेको छ । बेथान्चोक गाउँपालिकाले विपद ब्यवस्थापन कोष स्थापना गरेकाले सोहि कोषमा नगद जम्मा गरिदिन तथा पुर्ननिर्माणका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउन अनुरोध गरेको छ ।

बेथान्चोक गाउँपालिकामा तत्कालका लागि खानेपानीको पाईप, ब्यक्तिहरुका क्षति भएका घर तथा जग्गा जमिन संरक्षणका लागि आवश्यक पर्ने अन्य सामाग्रीहरु र दैनिक जीवनयापनमा सहजताका लागि अन्य बस्तुहरुको सहयोग आवश्यक रहेको पालिकाले बताएको छ । गाउँपालिकाको प्रशाशकीय भवन पुरिँदा सबै सामाग्रीमा क्षति पुगेको छ । क्षति भएका सामाग्रीहरु सरसफाई तथा त्यसको ब्यवस्थापनमा पालिका जुटिरहेको छ । ब्यवस्थित नहुँदासम्म जनप्रतिनिधि र कर्मचारीहरुले भवनको छतमा रहेर सेवा उपलब्ध गराउन थालेका छन् । पालिकाले केन्द्रसम्म पुग्ने सडक दशै अगावै संचालनमा ल्याउन सफल भयो भने विजुली बत्ति धेरै स्थानमा पु¥यायो । अझै शाखा सडक र विजुली तथा अन्य आधारभुत आवश्यकताका पूर्वाधारमा काम गर्न बाँकी छ । पालिकाले प्राथमिकताका आधारमा सबै कार्य गरिरहेको अध्यक्ष भगवान अधिकारीले बताए ।
