ट्रायल पास गर्ने बित्तिकै नागरिक एपमार्फत लाइसेन्स प्राप्त हुने

काठमाडौँ /सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने भएको छ। नागरिक एपमार्फत लाइसेन्स उपलब्ध गराइने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन्।

त्यस्तै सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको र यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य हुने उनको विश्वास छ।

बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा भोलिदेखि यो व्यवस्था सुरु हुने बताइएकोछ। नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको समेत ओलीले जानकारी गराएका छन्।