इजरायली आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु
गाजा/ उत्तरी गाजापट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २१ महिला समेत रहेका छन् । बम विस्फोटमा ८५ जनाभन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको सञ्चारमाध्यमले जनाएको छ ।
इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमबारी गरेको बताइएको छ । इजरायली सेनाले यस घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।
सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमाबाट हमासको घुसपैठको बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो आक्रमण सुरु गर्यो जसमा करिब एक हजार दुई सय मानिसहरू मारिए र करिब २५० बन्धक बनाइयो ।