बासडोलका बाढीपहिरो प्रभावितलाई खानेपानीको पाइप वितरण

बनेपा नगरपालिका वडा नम्ब्र १२ बासडोलमा नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाको समन्वयमा खानेपानी पाइप वितरण गरिएको छ ।

उपशाखा सभापति मुकुन्द शर्माको सभापतित्वमा भएको कार्यक्रममा उपशाखालाइ विभिन्न सामाजिक संघसस्था र ब्यवसायिक फमबाट प्राप्त ६४ रोल (क्वाइल) पाइप बितरण गरिएको हो ।

असोज महिनाको अबिरल बर्षाका कारण खानेपानीमा क्षति पुगेपछि स्थानीयले पानीको लागि सास्ती खेप्नु परेको थियो । खानेपानीका पाईपहरु क्षति भइ खानेपानीको असहजता लाई पूर्तिका निम्तिखानेपानी पाइप वितरण गरिएको सभापति मुकुन्द शर्माले बताए ।

उक्त कार्यक्रमका लागी रोटरी इन्टरनेशनल बाट २४ क्वाइल, झम्क कुमारि स्मृति प्रतिष्ठान चाँगुनारायण नगरपालिका ५ भक्तपुर बाट २० क्वाइल, कौशल छापाखाना बनेपा–७ बाट ५ क्वाइल, नमस्ते गुरु्प यन्ड यसोसियट बनेपा–७ बाट ५ क्वाइल, सृजनशिल दुध उत्पादन तथा बिक्री केन्द्र बनेपा –१२ बाँसडोलबाट ५ क्वाइल र स्व सितामायाँ वाग्लेको स्मृतिमा छोरा वकिलनाथ शर्मा वाग्ले बनेपा–१२ बाँसडोल बाट ५ क्वाइल गरि ६४ रोल पाइप बितरण गरिएको सचिव उपदेश भुजेलले जनकारी दिए ।

सहयोगी संस्थाहरु बाट झम्क कुमारि स्मृति प्रतिष्ठानका अध्यक्ष राजाराम खड्काले यस पुन्य कार्यमा सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रममा जोडिनु हुने सम्पूर्ण संघ–संस्थाहरु लाइ हार्दिक आभार व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटी महेन्द्र ज्योति उपशाखालाई धन्यवाद दिएका छन् ।

उनले बिपदको घडीमा हातेमालो गरेर अघि बढ्न आफु सधैं तत्पर रहने प्रतिबद्द्ता समेत ब्यक्तगरेका छन् ।

सामुहिक रुपमा मात्र पानी उपभोग गरिरहेका बासिन्दा लाई क्षतिको अनुपात हेरि एक देखि चार क्वाईल सम्म पाईप बितरण गर्दा उक्त कार्यक्रम बाट २३० घरधुरीले खानेपानीको लागि केहि सहजता भएको छ ।