सत्ता सहकार्यमा रहेका कांग्रेस–एमाले जिल्लामा मिल्न सकेनन्

– जिल्ला सहकारी संघ, बार इकाई पछि रेडक्रसमा फरक –फरक गठवन्धन
बनेपा/सत्ता गठवन्धनमा रहेका दुई प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमाले बीच जिल्लाका विभिन्न निर्वाचनमा भने ‘वार’ गर्न थालेका छन् । सत्ता सहकार्य जे जे भए पनि जिल्लामा प्रतिस्पर्धी सम्झँदै दुई ठुला दलले पछिल्ला तीन निर्वाचनमा सत्ता सहकार्यलाई अस्विकार गर्दै प्रतिस्पर्धामा उत्रेका छन् ।
नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको भोली आईतबार कार्तिक ४ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन दर्ता भएको छ । नेपाली काँग्रेसको एउटा समुहले बनेपाका देवेन्द्र भैललाई सभापति पदमा उम्मेदवारी दर्ता गराएको छ । भैललाई नेकपा माओवादी र नेकपा समाजवादीले साथ दिएको छ भने नेपाली काँग्रेसकै अर्काे समुहले नेकपा एमालेको समर्थन लिदै विदुर घिमिरेलाई सभापतिमा उम्मेदवारी दर्ता गराएको छ । नेपाल बार एशोसिएसनमा पनि काँग्रेसका दुई समुह थिए ।
रेडक्रस काभ्रेमा उप सभापतिमा ज्ञानबहादुर तामाङ र माधवप्रसाद हुमागाईले उम्मेदवारी दिएका छन् । महिला उपसभापतिमा पार्वती थाप र पुष्पा खड्का बस्नेतले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा विजयराम कमाचार्य र प्रेमकुमार तामाङको उम्मेदवारी दर्ता भएको छ ।
मन्त्रीमा राजु सिग्देल र हेमलाल तामाङले उम्मेदवारी दिएका छन् । उपमन्त्रीमा रामकृष्ण श्रेष्ठ र प्रदिप केसीले उम्मेदवारी दिएका छन् । उप कोषाध्यक्षमा झम्कप्रसाद गौतम र विनोद कोईरालाले उम्मेदवारी दिएका छन् । महिला सदस्यहरुमा शान्ति खत्री, भवानी केसी र सजिना श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सदस्यहरुमा प्रल्हादशर्मा हुमागाई, गोकुल डोटेल, प्रशान्त महत, राजेशकुमार श्रेष्ठ, अनुज सापकोटा, कृष्णबहादुर श्रेष्ठ, रामकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, जगन्नाथ गिरी, कृपेन्द्र श्रेष्ठ, दामोदर श्रेष्ठ, विलबहादुर श्रेष्ठ, माधवप्रसाद नेपाल, उपदेश भुजेल ले उम्मेदवारी दिएका छन् ।