काभ्रे बारमा हरिशरण दाहालको प्यानल नै निर्वाचित
धुलिखेल/नेपाल बार एशोसिएसन काभ्रे इकाईमा हरिशरण दाहाल निर्वाचित भएका छन् । दाहाललाई एमाले, माओवादी, बैद्य समुह तथा नेपाली काँग्रेसको विद्रोही समुहले समर्थन गरेको थियो ।
हरिशरण दाहालले नेपाली काँग्रेस निकट जयराम थापा समहुलाई एक मतले पराजित गरेका हुन् । सत्तामा एकै स्थानमा रहेका नेपाली काँग्रेस र नेकपा एमाले जिल्लाका हरेक मोर्चामा फरक फरक ढंगले प्रतिस्पर्धा गरिरहेका छन् ।
थापालाई समाजवादी, नेपाली कांग्रेसको एउटा समुहका कानून ब्यवसायीहरुले समर्थन गरेका थिए । केहि स्वतन्त्र कानून ब्यवसायीहरु दुबै तर्फ विभाजन भएका थिए । हरिशरण दाहालको समुहबाट नेपाली काँग्रेस निकट निरोजप्रसाद नेपाल उपाध्यक्षका उम्मेदवार थिए ।
दाहाल समुहका सचिवमा नारायणध्वज तामाङ, कोषाध्यक्ष मुकुन्द मुनाकर्मी, सह सचिव लालतारा अधिकारी उम्मेदवार थिए । सदस्यहरुमा दिपेन्द्र दनुवार, सुरेशकुमार केसी, राजेन्द्र पण्डित, सुविस्ता जोशी, सुरज तिमल्सिना, उमा थापा, राजकुमार गौतम उम्मेदवार थिए । पार्षदमा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्यामकृष्ण खत्री, फडिन्द्र कार्की, खुवनाथ दुलाल, रामप्रसाद मानन्धर उम्मेदवार थिए ।
जयराम थापा समुहबाट हरीशरण बस्नेत उपाध्यक्षको उम्मेदवार थिए । सचिव प्राणनाथ न्यौपाने थिए । कोषाध्यक्षमा पुष्पराज थापा थिए । सह सचिवमा जमुना पसंक्षेले उम्मेदवारी दिएका थिए । सदस्यहरुमा सुरेन्द्र आचार्य, परमात्मा पराजुली, राजेन्द्र तिमल्सिना, रमिता मानन्धर, श्रीकृष्ण बैंजु श्रेष्ठ, प्रल्हाद गिरी, राजु लामा, महेन्द्र तामाङ, बुद्धरत्न मानन्धर थिए । पार्षदमा जगत शाह, श्यामकृष्ण त्रिपाठी, सुर्यबहादुर गोले, कुमार थापा, राजु केसी, शान्ती धिताल उम्मेदवार थिए ।
मतदानका लागि १ सय २३ सदस्यीय मतदाता सूची सार्वजनिक भए पनि १ सय १५ खसेको थियो । अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष सहित १३ सदस्यीय कार्य समिति र ६ जना केन्द्रिय पार्षदमा निर्वाचित भएका छन् । बार एशोसिएसन काभ्रेमा नेपाली काँग्रेस निकट ४३, नेकपा एमाले निकट ३४, नेकपा समाजवादी निकट १५, नेकपा माओवादी निकट १०, बैद्य समुह निकट ८ र स्वतन्त्र १३ कानून ब्यवसायी थिए । अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस, समाजवादी र माओवादीका कानून ब्यवसायीहरुको गठवन्धन बनेको थियो । गठवन्धनबाट समाजबादीका विष्णुप्रसाद सापकोटा अध्यक्षतामा निर्वाचित भएका थिए ।
निर्वाचित अध्यक्षलाई लगातार काममा अवरोध गर्दै बैठक समेत बस्न नदिए पछि अध्यक्ष पदको अधिकार प्रयोग गर्दै नयाँ आवेदन दिएका २३ सदस्यको स्विकृत भए पछि गठवन्धनबाट निर्वाचित नेपाली काँग्रेस निकट कानून ब्यवसायीहरुले कार्य समितिलाई काम गर्नै दिएको थिएन ।
पुनः नेपाली काँग्रेस निकट कानून ब्यवसायीहरुको समुहले विशेष साधारण सभाको माग गरे पछि आयोजित सभाबाट कार्तिक ३ गते जिल्ला अधिबेशन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार पुर्व अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा प्रदिप सापकोटा र प्रतिभा खत्री रहेको निर्वाचन समिति गठन गरिएको थियो ।सोहि समितिले निर्वाचन गराएको थियो ।
यस अघि जिल्ला सहकारी संघमा एमालेका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेस नेतृत्वको प्यानल मध्ये दुई पदाधिकारी बाहेक अन्य विजयी भएका थिए । भोली रेडक्रसको निर्वाचनमा पनि अलग अलग प्यानल बनेको छ ।