रवि, जीबी र छविको तस्बिरसहित सडकमा निस्किए सहकारी पीडित

काठमाण्डाै / सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै पोखरामा सहकारी पीडितहरु सडकमा निस्किएका छन् ।
उनीहरुले आफूहरुले सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सडकमा निस्किनुपरेको बताएका छन् ।
“हाम्रो रकम फसेको छ, बाहिरी जिल्लाबाट आएर हामीमाथि नै दबाब दिने को हो ?,” पीडितको प्रश्न छ । उनीहरुले रविलाई बचाउन राजनीतिकरण गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगीको विषयमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेपनि रास्वपाले षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै सरकारको विरोध गर्दै आएको छ ।