महिला टी-२० विश्वकप न्युजिल्यान्डले जित्यो
वुमेन्स ट्वान्टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ । आइतबार दुबईमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले ऐतिहासिक उपाधि जितेको हो ।
न्युजिल्यान्डले महिला ट्वान्टी-२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता जितेको हो ।
दक्षिण अफ्रिकाले टस जितेर शुरू न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । न्युजिल्यान्डले दिएको १५८ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेतामा सीमित बनेको हो ।जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १२६ रनमा समेटियो ।






