पनौती–१२ मुलखोलामा बाढीपहिरोको बज्रपातः गाउँमा सन्नाटा (तस्बिरहरु)

असोज ११ र १२ गतेको निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले पनौती नगरपालिका वडा नम्बर १२ स्थित मुलखोलाको बस्तीमा सन्नाटा छाएको छ । पहिरोले उठिबास बनाउँदा गाउँका सबै विस्थापित भएका छन् । अधिकांश पनौतीमा कोठामा बसेर गोठधन्दा गर्न मुलखोला जाने गरेका छन् । त्यहिँ बस्नेहरु पनि डरैडरमा छन् । अहिलेसम्म मुलखोलामा बिजुली वक्ति पुगेको छैन भने सडक समेत निर्माण भएको छैन । अहिलेसम्म कुनै राहत पनि नपाएको स्थानीयको गुनासो छ । पुर्ण रुपमा घर बारी क्षति भएकाहरु पनि राहत पाउने लिष्टमा नभएको भन्दै उनीहरुले प्रभावित क्षेत्रमा नै नपुगी पनौतीमा बसेर अनुमानका आधारमा क्षति भए÷नभएको छुट्याउने गरेको बताएका छन् ।












