मनकामना साकोसले काभ्रेका २ पालिकाकालाई प्रदान गर्‍यो नगद सहयोग

बनेपा/ मनकामना बचत तथा ऋण सहकारी संस्थाले असोज ११ गते देखी १२ गतेसम्म परेको अविरल बर्षाका कारण आएको बाढीपहिरोबाट विस्थापित तथा संकटमा परेका परिवारलाई पुर्नस्थापना र क्षति भएका संरचनाहरु पुननिर्माणगर्नको लागि प्रकोप व्यवस्थापन कोषमा पनौती नगरपालिकामा ५० हजार ५ सय ५५ र बेथान्चोक गाँउपालिकालाई १ लाख १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष बालकृष्ण दाहालले विपदमा परेका समयमा सस्थाको सामाजिक उत्तर दायित्व अन्र्तगत उक्त रकम सहयोग गरेको बताए । सस्थाको कार्यक्षेत्र भित्र रहेका विपदमा परेका सदस्यहरुलाई समेत सहयोग गरिने दाहालले बताए । संस्थाले विभिन्न समयमा सामाजिककार्यहरु गर्दे आएको प्रबन्धक राजकुमार दाहालले बताए ।