श्रीखण्डपुरमा ५ सय ३० बालबालिकाको दाँत परिक्षण

श्रीखण्डपुर/धुलिखेल नगरपालिका वडा नम्वर ५ श्रीखण्डपुरमा बालबालिकाहरुको दाँत परिक्षण गरिएको छ । निशुल्क आयोजना गरिएको शिविरमा ५ सय ३० जना बालबालिकाहरुले सेवा लिएका छन् ।

वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले वडामा रहेका नागरिकहरुका लागि विभिन्न समयमा फरक फरक स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वस्थ नागरिक अभियान जारी राखेका बताए । स्वस्थ शहर धुलिखेलका सबै वडामा विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराईदै आएको छ ।

धुलिखेल नगरपालिका वडा नम्वर ५ द्वारा आयोजित एक दिने दन्त शिविरमा हन्ड्रेन्डस ग्रुप, काठमाडौ सह आयोजक रहेको थियो । सयान समाज नेपालको प्राविधिक सहयोग रहेको थियो ।

शिविर अघि बालबालिकाहरुका लागि दुब्र्यसनी विरुद्ध जनचेतनामुलक ¥याली आयोजना गरिएको थियो । शिविरमा सहयोग गर्ने प्राविधिक तथा संघ संस्था र अतिथिहरुलाई बाजागाजा सहित वडा कार्यालयले विदाई गरेको थियो ।