सुनको मूल्यमा हरेक दिन रेकर्ड, तोलाकै १ लाख ६६ हजार नाघ्यो

काठमाडौं / साताको चौथो कारोबार दिन बुधबार पनि पहेलो धातु सुनको मूल्य हाल सम्म कै उच्च भएको छ । विगत एक साता देखि उच्च रहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

यो दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर फेरि पनि हाल सम्मै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यो दिन चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।