टी–२० मा नेपालको कीर्तिमान जिम्बाबेले तोड्यो

काठमाण्डौ / टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको सर्वाधिक रनको कीर्तिमान जिम्बाबेले तोडेको छ । पुरुष टी–२० विश्वकप अफ्रिका उप–क्षेत्रीय छनोट प्रतियोगितामा जिम्बाबेले हिजो गाम्बियालाई ४ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएर टी–२० क्रिकेटमा सर्वाधिक रनको नेपालको कीर्तिमान तोडेको हो ।
अघिल्लो वर्ष सन् २०२३ को सेप्टेम्बर २७ मा चीनको हान्झाऊमा भएको १९औँ एशियाली खेलकुदमा नेपालले मङ्गोलियासँगको खेलमा ३ सय १४ रन बनाउँदै कीर्तिमान बनाएको थियो ।