रोशीको शिखरआम्बोटेमा निःशुल्क शिविर, ४ सय ५ जनाले लिए सेवा

साधुराम राना मगर
शिखरआम्बोटे, रोशी

ग्रेस नेपालको आयोजना तथा काठमाडौ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल काठमाडौको प्राविधिक सहयोगमा रोशी गाउँपालिका ३ देवी मावीमा दुई दिने निशुल्क बृहत्त स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

असोज १०–१२ सम्म परेको अविरल वर्षातका कारण उक्त क्षेत्र प्रभावित बनेको छ । अप्टिमिस्ट इन्टरनेशनलको सह आयोजना रहेको उक्त शिविरका लागि कोलाब्रेसन क्युवेक नेपालको सहयोग रहेको थियो । रोशी गाउँपालिकाले शिविरको समन्वय गरेको थियो ।

रोशी गाउँपालिका वडा नम्वर ३ शिखरआम्बोटेमा कार्तिक ६ र ७ गते आयोजित बृहत्त स्वास्थ्य शिविरमा जनरल सेवा, बाल रोग, हाडजोर्नी, नाक, कान, घाँटी, दाँत, आँखा, स्त्रीरोगको परिक्षण तथा उपचार गरिएको थियो । साथै शिविरमा इसिजीसेवा, भिडियो एक्सरे सेवा, रगत तथा पिसाब परिक्षणको ल्यााब सेवा र औषधी बितरण गरिएको थियो ।

शिविरमा रोशी गाउँपालिकाका वडा नम्वर २, ३ र ४ बाट ४ सय ५ जनाले सेवा लिएका थिए । शिविरमा सहभागि विरामीहरुलाई थप उपचार गराउनु परेमा काठमाडौ मेडिकल कलेजमा विभिन्न सहुलियत प्रदान गर्ने बताईएको छ ।