पाँचथरमा अरिङ्गाले टोक्दा एक जनाको मृत्यु

काठमाडौं/ पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ ।

पाँचथरको फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोकको अरिङ्गाले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । प्रहरीका अनुसार घर नजिकै जंगलमा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी गर्दै गर्दा घरमै ज्यान गएको हो

उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।