धुलिखेल खानेपानी पुर्ननिर्माणको लागि जर्मनसँग सहयोगको माग

धुलिखेल/धुलिखेल खानेपानीको पुर्ननिर्माणको लागि धुलिखेल नगरप्रमुख अशोक ब्यान्जुले जर्मन राजदुतसंग भेटगरी आर्थिक सहयोगको लागी अनुरोध गरेका छन् ।

३ करोड ५१ लाख लाग्ने अनुमान गरिएको खानेपानीको पुर्ननिर्माणको लागि जर्मन राजदुत डा. थोमस प्रिन्जसँग प्रमुख ब्यान्जुले आर्थिक सहयोग माग गरेका हुन् ।

धुलिखेलसंगको एतिहासिक सम्बन्ध र विकास साझेदारिता रहेको भन्दै जर्मन राजदुत डा. थोमस प्रिन्जले सक्दो सहयोगको प्रयास गर्ने प्रतिबद्दता जनाएका छन् । भेटघाटमा खानेपानी उपभोग क्षेत्रको वडा ३,४,५, ६ र ८ का वडाअध्यक्षहरु,वडा धुलिखेल नगरपालिकाका कार्यकारी सुरेन्द्र थापा मगर तथा खानेपानीका प्रबन्धक अमृतलाल पोते लगायतको सहभागिता थियो ।