मन्जुश्री साकोसको १८ औ वार्षिक साधारण सभा

बनेपा/ मन्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक सधारण सभा जिल्ला सहकारी सघं लिमिटेडका अध्यक्ष अमन पोटेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रमुख अतिथी पोटेले सहकारीहरु ऐन निति र विधिमा सञ्चालन हुनु पर्ने उक्त विधि अनुसार सञ्चालन भएका सहकारीमा कुनै समस्या नभएको बताए । सदस्यहरुले पनि सहकारी चिनेर बुझेर मात्रै ब्याजको लोभमा नपरी बचत गर्न आग्रह गरेका थिए । कार्यक्रममा चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना, काँठु गणेश साकोसका अध्यक्ष हरिगोपाल मानन्धर, संस्थाका सल्लाहकार जितेन्द्र नर्कर्मी लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन सचिब गोविन्द प्रसाद राजचलले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सजन मानन्धरले सभामा प्रस्तुत गरेका थिए ।

संस्थाको कुल शेयर पुजीं १ करोड १ लाख, कुल कारोबार ७ करोड ७१ लाख, निक्षेप संकलन ५ करोड ८७ लाख र ऋण लगानी ५ करोड २४ लाख रहेको जनाएको छ । कार्यक्रममा संस्थामा आबद्ध जेष्ठ सदस्य, उत्कृष्ट बाल बचत कर्ता, ऋणी लाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य लेखा समिति सदस्य नविना मानन्धरले राखेकी थिईन भने कार्यक्रम सञ्चालन सदस्य विमला मानन्धरले गरेकी थिईन । कार्यक्रम संस्थाका अध्यक्ष शरण कुमार मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो ।