बनेपामा बजार अनुगमन, मासु कुहिएको र म्याद सकिएका सामान भेटिए

बनेपा/ बनेपा नगरपालिकाको आयोजनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, नाप तौल विभाग र काभ्रे उद्योग वाणिज्य सघंको संयोजनमा बनेपा रहेका मिठाई, खाध्य, मासु, हार्डवयेर किराना पसलहरुको २ दिन अनुगमन गरिएको छ ।

नगरपालिका उप प्रमुख तथा बजार अनुगनम संयोजक विमला सापकोटाको नेतृत्वमा बनेपा बजार २ दिन अनुगमन गरेको हो । अनुगमनका क्रममा ईजि शपमा म्याद गुर्जेका खाध्य सामान, सामना मिट शपमा १४ केजी कुहिएको मासु, अतिथी रेष्टुरेन्ट गोदामचोकमा पानिको लेबल नपुगेको अखाध्य कलर प्रयोग गरेको, बजारमा धेरै जसो जोख्ने काटाहरु विना दर्ता प्रयोगमा ल्याएको, नगरपालिकामा अधिकाशं पसल दर्ता नगरेको पाईएको उप प्रमुख सापकोटाले बताईन् । उनिहरुलाई कानुन अनुसरा कार्वाहि र सचेत गराईएको सापकोटाले बताईन् । तिहार नजिकिए सगै ब्यापारिहरुले सामानको मुल्य अस्वभाविक रुपमा बढाएको गुनासो सगै नियमित बजार अनुगमन गरिएको सापकोटाले वताईन् ।

 मानव जिबनमा प्रत्यक्ष असर पार्ने त्यस्ता केमिकल प्रयोग गर्ने मिठाई पसलहरु र म्याद गुज्रेका सामान बेच्ने र कुहिएको मासु बेच्ने लाई कानुन अनुसार कार्वाही गर्न स्थानीयले माग गरेका छन् । चाडबाडमा मात्रै नभई नियमित बजार अनुगमन गर्न समेत स्थानीय र उपभोक्ताले माग गरेका थिए ।