रेडक्रस महेन्द्रज्योतिद्धारा खेलकुद जर्सि हस्तान्तरण

बनेपा /नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा बनेपा १२ द्वारा रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरुलाई जर्सि हस्तान्तरण गरेको छ ।
गणेश भाराति माविका खेलाडीहरुलाई १४ जोर जर्सि एक समारोह बिच आज हस्तान्तरण गरिएको हो । उक्त जर्सि उपशाखा सभापति मुकुन्द शर्मा वाग्लेले विद्यालयका प्रधानाध्यापक प्रेमराज शर्मालाई हस्तान्तरण गरेका हुन् ।
जर्सि हस्तान्तरण गर्दै सभापति शर्मा वाग्लेले विद्यालयबाट खेलकुदमा सहभागी हुने विद्यार्थी खेलाडीहरुका लागि सहयोग गर्न पाएकोमा विद्यालयलाई धन्यवाद र खेलाडी हरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी प्रधानाध्यापक प्रेमराज शर्माले नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखाले खेलाडीहरुको मनोबल उच्च राख्नको लागि आवश्यक जर्सि सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।