कालीजंग गणको २२० औं बार्षिकोत्सव, उत्कृष्ट गुल्म सम्मानित

धुलिखेल/धुलिखेलमा रहेको नेपाली सेनाको कालीजंग गणले स्थापनाको २ सय २० औ बार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सहित रात्रीभोज कार्यक्रम आयोजना गरेको छ ।

उपत्यका पृतनाका पृतनापति विष्णु राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गणपति एवं प्रमुख सेनानी प्रकाशबहादुर सिंहले गणको स्थापना र राष्ट्रका लागि पु¥याएको योगदानको चर्चा गरेका थिए ।

सोहि अवसरमा सर्वाेत्कृष्ट गुल्मलाई ट्रफि प्रदान गरिएको थियो । ग गुल्मले उक्त ट्रफि हात पारेको छ । सोहि अवसरमा गणको इतिहास समेटिएको पुस्तक विमोचन गरिएको थियो भने विभिन्न कार्यक्रममा उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कालीजंग गणले गरेका कार्यहरु झल्काउने विभिन्न प्रस्तुतीहरु सांस्कृतिक कार्यक्रम मार्फत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली सेनाका विभिन्न तहका ब्यक्तिहरु, जिल्लाका विभिन्न तहका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाली सेनाको कालीजंग गणले जिल्लाका विभिन्न खालका विपदमा उत्कृष्ट कार्य गरिरहेको छ । आगलागी नियन्त्रण तथा बाढी पहिरो र विपदजन्य घटनामा उत्कृष्ट कार्य गर्दै स्थानीय तहमा विपदको ब्यवस्थापन तथा विपद पुर्व र पछिको अवस्थालाई कसरी ब्यवस्थापन गर्ने भन्ने सहयोगी सामाग्री सहितको पुस्तक पहिलो पटक प्रकाशन गरी हस्तान्तरण गरेको थियो ।

जिल्लाभार स्वंसेवक तालिम प्रदान गरेको कालीजंग गणले हरेक नागरिकहरु विपद ब्यवस्थापनमा सक्रिय हुने गरी स्थानीय तह मार्फत सचेतनामुलक कार्यक्रम गर्ने गरी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

कालीजंग गण कम्पनी, पल्टन, गुल्म हुँदै गणमा रुपान्तरण भएको थियो । दुई देश बीचको लडाईमा समेत महत्वपूर्ण योगदान पु¥याएको कालीजंग गणको इतिहास गर्विलो रहेको सहभागिहरुले बताए ।